खेलकुद

नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल म्याच हुने

काठमाडौं । नेपाल र भारतको राष्ट्रिय फुटबल टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा म्याच तय गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बीचको सहमतिमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । दुवै टोली आउदै गरेको साफ च्यापियनसिपको तयारी गरिरहेका छन् ।

यसअघि नेपालले भारतसँग २०१५ मार्चमा दशरथ रंगाशालामा खेलेको थियो । २०१८ को विश्वकप छनौट खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *