सम-सामयिक

संघियताको विकृत अनुहार : गाउपालिका उपाध्यक्षको ससुराको निधन हुदा गाउ नै विदा

काठमाण्डौं । राजाको सक्रिय शासनकालमा उनको वैदेशिक भ्रमण,परिवारमा कोही दिवंगत हुदा वा जन्मोत्सवमा देशभर विदा दिने चलन थियो । तर राजतन्त्र हटेको पनि दुइ दशक हुन लागिसक्यो र नेपाल संघिय ढाचामा अघि बढिरहेको छ । तर उहि राजतन्त्र कालखण्डको सिको गर्दै दुर्गम पहाडी जिल्ला तह्रथुममा गाउपालिकाको उपाध्यक्षको ससुराको निधन हुदा सिंगै गाउपालिका नै वन्द गरिएको छ ।

मेन्छयायम गाउपालिकाको उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुराको निधन हुदा साउन २२ गते सो गाउपालिका देखि वडा कार्यालयसम्म वन्द गरिएको छ । गाउपालिकाले वक्तब्त जारी गरेर शोक विदा दिएको छ ।

उपाध्यक्षको गीतको ससुरा ९६ बर्षका वृद्ध थिए । गाउपालिकाले जारी गरेको वक्तब्यमा स्वास्थ्य संस्था बाहेक सवै विदा भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *