राजनीति

एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीे बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

हिजोबाट सुरु भएको बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा बिहीबार धारणा राखेका अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् । हिजोको बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका छन्।

बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने केन्द्रीय सदस्य हरुलाई बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *