कोशी प्रदेश

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरी फन्दामा



संखुवासभा । मोटर साइकल चोरी गर्ने गिरोह प्रहरी फन्दामा परको छ । चैनपुर नगरपालिका अन्तरगतका विभिन्न ठाउँबाट मोटरसाइकल हराएपछि मोटरसाइकल धनीहरुले ईलाका प्रहरी कार्यालय चैनपुरमा दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा चोरी गर्ने गिरोह पक्राउ परेको हो ।


चैनपुर नगरपालिका स्थित वडा नं. ९ पिलुवामा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोली एवं ट्राफिक प्रहरीको संयुक्त टोलीको विशेष चेक जाँचको क्रममा जिल्ला तेह्रथुम, फेदाप गाउँपालिका वडा नं २ वस्ने वर्ष २० को सुमन कार्कीले चलाई ल्याएको बा ९६ प ३६०२ नम्बरको मोटरसाइकल चोरी भएको मोटरसाइकलको च्याचिस नं. र ईन्जिन नंम्बर मेल खाएपछि कार्की पक्रउ परको हो ।


चोरीको मोटरसाइकल चालक कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नं ३ बस्ने वर्ष २१ को सन्देश शेर्पाले विक्री गरेको खुल्न आएपछि शेर्पालाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय चैनपुरका प्रमुख याेगराज खतिवडाले जानकारी दिए ।


अनुसन्धानको क्रममा फेला परेका ६ थान मोटरसाइकल चैनपुर नगरपालिका वडा नं. ५ को देवीबहादुर श्रेष्ठको को ३३ प २६०२ नं. मोटरसाइकल , चैनपुर न.पा. वडा नं. ६ को टिकाराम दाहालको को २९ प ९२२२ को नम्बर प्लेट नराखेको , चैनपुर नगरपालिका वडा नं. ६ का विष्णुराज तामाङको बा ६२ प २२८४ नं. को मोटरसाइकल, चैनपुर नगरपालिका वडा नं.६ को ललितबहादुर कटुवालको प्र १–०२–०४२ प ६८८५ को मोटरसाइकल, चैनपुर न.पा.६ को बुद्धिमान लिम्बूको को २८ प १४५२ नं.को मोटरसाइकल, र चैनपुर न.पा. ८ को राजकुमार तामाङको को २२ प ७२१ नं. को मोटरसाइकल फेला परेको हो ।


जिल्ला प्रहरी कार्यालय तेह्रथुमसँग समन्वय गरी फेदाप गाउँपालिकाका विभिन्न स्थानबाट ६ थानमोटरसाइकलहरु बरामद गरी इलाका प्रहरी कार्यालय संखुवासभामार्फत चोरी मुद्दामा थप अनुसन्धानभइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *