खेलकुद

ओलम्पिकको महिला फुटबलमा अमेरिकाले जित्यो काश्य पदक

काठमाडौँ । अमेरिकाले टोकियो ओलम्पिकको महिला फुटबलमा काश्य पदक जितेको छ ।

बिहिबार सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई ४-३ गोल अन्तरले पराजित गर्दै काश्य पदक जितेको हो ।

अमेरिकाको जितमा मेगन रापिनोए र कार्ली लोयोले २-२ गोल गरेका थिए । त्यस्तै अस्ट्रेलियाका लागि साम केर, कैटलिन फोर्ड र एमिली गिएल्निकले एक एक गोल गरेका थिए ।

टोकियो ओलम्पिकमा महिला फुटबलको फाइनलमा स्विडेन र क्यानाडाबीचको खेल शुक्रबार हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *