काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादी संसदीय दलको कार्यालयमा सार्वजनिक भएकी छन् । दुई दिनअघि आफू एमालेमै रहेको भनेर विज्ञप्ति जारी गरेकी उनले आज आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताइन् ।
बिहीबार पत्रकार सम्मेलन गरी वलीले आफूलाई बन्धक बनाएर जवर्जस्ती हस्ताक्षर गर्न समेत लगाएको बताएकी छन् । उनले आफू माओवादी केन्द्रमै रहेको बताएकी छन् ।






