काठमाडौँ । नेपाली काँग्रेसको पौडेल पक्ष छलफलमा जुटेका छन् । बिहीबार बिहान काँग्रेस नेता प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा पार्टीको १४औं महाधिवेशन केन्द्रित छलफल भएको छ ।
काँग्रेसको संस्थापन महाधिवेशन गर्ने पक्षमा नभएको आशंका गर्दै पौडेल पक्ष छलफलमा जुटेको हो ।काँग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यताको विवाद नटुंगिदा महाधिवेशन अन्योल बनेको छ ।
आजको छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको छ ।




