समाचार

जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको फैसलामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

ठाकुरले जसपा विवाद निरुपण गर्न आयोगले गरेको ‘हेड काउन्ट’ र आधिकारिकता दिने निर्णय खारेज गर्न मागसहित सर्वोच्चमा दुईटा रिट दायर गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *