राजनीति

महन्थ ठाकुरद्वारा सर्वोच्चमा दायर मुद्दामाथि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ ।पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुने भएको छ । ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ ।

निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । आयोगको निर्णयविरुद्ध ठाकुर १५ गते सर्वोच्च जानुभएको थियो । रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ । रिटमा आयोगको निर्णय जसपाको विधान विपरीत भएको दाबी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *