खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि १९ खेलाडी चयन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी सीडब्लुसी लिग-२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणीय सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि १९ खेलाडी चयन गरेको छ ।

महासचिव अशोकनाथ प्याकुरेलले बुधबार बन्द प्रशिक्षणको सूची सार्बजनिक गरेका हुन् ।

बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोम्पाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहोरा, साहब आलम, सुशान भारी, शरद भेस्वाकर, विक्रम सोब, पवन सराफ र रोहित पौडेल रहेका छन् ।

पुर्व कप्तान पारस खड्काले मंगलबार सन्यासको घोषणा गरेकोले उनी भने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *