काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला रोकिएको छ ।
बुधबार बिहान ११ बजे बोलाइएको बैठक बिहीबारका लागि सोही समयमा सारिएको केन्द्रीय सदस्य कल्याणी कुमारी खड्काले जानकारी दिइन् । केही केन्द्रीय सदस्यहरु उपत्यका बाहिर रहेकाले आजको बैठक भोलिसम्मलाई स्थगित गरिएको उनको भनाइ छ ।




