राजनीति

माधव नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । बुधबार बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बस्ने सूचना नेपालको सचिवालयले केन्द्रीय सदस्यहरूलाई पठाएको छ ।

स्थायी कमिटीका सदस्यहरूसँग लगातार छलफल गरिरहेका नेपालले केन्द्रीय कमिटीबाट पार्टी एकता वा विभाजनको टुंगो लगाउन खोजेका हुन् । माओवादी अध्यक्ष प्रचण्डसँग लामो छलफल भएलगत्तै नेपालले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा लिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *