काठमाडौँ । सत्तारुढ दलको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गृहकार्यलाई तिब्रता दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेर न्युनतम साझा कार्यक्रम बनाउने गृहकार्यमा जुटेको हो ।यसअघि सोमबार बसेको बैठकले टुंगाउन नसकेपछि आजपनि कार्यदलको बैठक बसिरहेको छ ।
कार्यदल काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई–दुई जना सदस्य रहेका छन् ।
कार्यदलले टुंगाएपछि सत्तारुढ दलका प्रमुख नेताहरूले सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको बताइएको छ ।
कार्यदलमा काँग्रेसबाट मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीको तर्फबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महिन्द्रराय यादव सदस्य छन् ।




