खेलकुद

एन्फा प्रवक्ता राईद्वारा राजीनामा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् ।

सोमबार प्रवक्ता राईले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको रोहभरमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएको जानकारी गराएका छन् ।

उनले भनेका छन्- ‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्ष ज्युलाई वरिष्ठ उपाध्यक्ष ज्युको रोहवरमा एन्फाको प्रबक्ता बाट राजीनामा बुझाइयो !’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *