काठमाण्डाैं।नेकपा एमाले वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी अेालीलाइ कडा प्रहार गरेका छन।तिन बर्षसम्म सरकार चलाएर वालुवाटारबाट १९ दिन अघि बालकाेट पुगेका केपीलाइ फेरि प्रधानमन्त्री वन्ने तानावाना नवुन्न चेतावनी दिएका छन।
जनादेश नभइ परमादेशबाट सरकार वनेकाे भनेर वारम्वार असहय वेदना पाेखिरहेका केपीलाइ माधवले चुनाैती दिदै अब षडयन्त्र गर्ने समय सकिएकाे वताएका छन।
शनिवार अखिल फाेर्स गठन गर्दै उनले फेरि प्रधानमन्त्री वन्छु कि भनेर सपना नदेखे हुन्छ भनेका छन।नेता नेपालले अब कसैले संसद विघटन गर्छु भन्ने सपना पनि नदेखे हुन्छ भनेका छन।राजनीतिक रूपमा पछिल्लाे समय कडा अडान राख्दै आएका नेता नेपालले सर्वाेच्च फैसलाकाे सम्मान सवैले गर्नुपर्ने वताएका छन।
नेता नेपालले संविधान जाेगाउनु अहिलेकाे आवश्यकता भएकाेले आफुले यस्ताे कदम चालेकाे वताए।उनले सरकारलाइ अब सजग भएर जनताकाे पक्षमा काम गर्न सुझाव दिएका छन।नेता नेपालले दुइ दुइ पटक संसद विघटन गरेर देश वर्वादीकाे बाटाेमा लैजाने काेशिश गरेकाे भनेर अध्यक्ष अेालीकाे आलाेचन पनि गरेका छन।




