काठमाडौँ । श्रीलंकाले भारतविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम टी-२० खेलमा ७ विकेटको जित हासिल गर्दै घरेलु टोलि श्रीलंकाले सिरिज २-१ ले जितेको हो ।
भारतले दिएको केवल ८२ रनको लक्ष्य पछाएको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै ८१ रन मात्र बनाएको थियो ।
शिखर धवनको कप्तानीमा श्रीलंका टुरमा गएको भारतीय टिमले यस अघि खेलेको एकदिवसीय सिरिज २-१ ले जितेको थियो ।




