समाचार

जसपामा काे हाेला संसदीय दलकाे नेता ?

काठमाण्डाैं। जनता समाजवादी पार्टीले शनिवार संसदीय दलकाे नेता छान्ने भएकाे छ।

विहिवार वसेकाे केन्द्रिय कार्यकारिणी समितिकाे वैठकले यस्ताे निर्णय गरेकाे हाे । शनिवार सकभर सहमति गरि दलकाे नेता चयन गर्ने यसाे गर्न सम्भव नभएमा चुनाव नै गर्ने तय भएकाे छ।

जसपाकाे विवादमा उपेन्द्र यादव पक्षले वहुमत सहित दलकाे मान्यता पाएपछि विहिवार वसेकाे वैठकले संसदीय दलकाे नेता पनि छान्ने भनेर मिति तय गरेकाे हाे।यसअघि हतपतमा महन्थ ठाकुरलाइ संसदीय दलकाे नेता वताइएकाे थियाे तर उनी अहिले १० जना सांसद वाेकेर अलग भएका छन।

यतिवेला उपेन्द्र यादव,महन्थ ठाकुर पक्षमा कुल ३४ सांसद मध्ये २२ जना रहेका छन। दुइ जना सांसद भने निलम्वित भएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *