काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले लुम्बिनी प्रदेशसभाका तीनजना सांसद्लाई पार्टीबाट निष्कासित गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।
जसपाले सांसद्हरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासित गरेको हो । लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ जना सांसदमध्ये केही दिनअघि सुम शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् ।
जसपाको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि पनि जसपाले निष्कासन गरेको थियो ।




