समाचार

पुनर्बहालीको माग गर्दै पूर्वमाओवादी चार नेता सर्वोच्चमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पद गुमाएका चार पूर्वमन्त्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शा र गौरीशंकर चौधरीले आफुहरुले दल त्याग नगरेको दाबी गर्दै निर्वाचन आयोगले दिएको विवरणमा आफुहरु माओवादी केन्द्रको सदस्य उल्लेख गरेर पुनर्बहालीको माग गर्दै रिट दायर गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्रको आधारमा गत चैत्र २६ गते चारै जनाको संसद पद गुमेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *