लुम्बिनी प्रदेश

निर्वतमान प्रदेश प्रमुख यादवको बिदाई

काठमाडौं । मंगलबार संघीय सरकारबाट बर्खास्तमा परेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुधबार बिदाई गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले यादवको बिदाई गरेका हुन् । उनलाई खादा र मायाको चिनोसहित बिदाइ गरिएको हो ।

लुम्बिनी प्रदेशमा यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनको स्थानमा सरकारले अमिक शेरचनलाई नियुक्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *