खेलकुद

एलेक्स शाहद्वारा राष्ट्रिय किर्तिमान कायम

काठमाडौं । नेपाली खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले ओलम्पिकमा पौडीतर्फ आफ्नो हिटमा पहिलो हुदै राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।

टोकियो एक्वाटिक्स सेन्टरमा भएको पुरुष १०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धा शाहले ५३.४१ सेकेन्डमा सो दूरी पार गर्दै पहिलो हिटमा प्रथम भएका हुन् ।

एलेक्सले ५३.४१ सेकेण्डमा पुरा गर्दै आफ्नो यसअघिको ५५.३८ सेकेन्डको राष्ट्रिय किर्तिमानमा सुधार गरेका हुन् ।

उक्त हिटमा भुटानका तेन्जिन भु, माल्दिभ्सका मुबाल आजम इब्राहिम, कोसोभोका ओल्ट कोंड़ीरोलि, फिलिपिन्सका , गुएना र सोलोमन आइल्याण्डका खेलाडी रहेका थिए ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा कुल ७२ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् भने उत्कृष्ट १६ पौडीबाट सेमिफाइनलमा पुग्नेछन् । एलेक्सको सेमिफाइनलमा पुग्ने सम्भावना भने कम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *