काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी सदस्य बैठकले संसदीय दलको बिधान अनुमोदन गरेको छ ।
यस अघि संसदीय दलले कार्यकारिणी समितिमा पठाएको संसदीय दलको विधानलाई मंगलबार बसेको बैठकले अनुमोदन गरेको समिति सदस्य मोह्मम्द इश्तियाक राईले जानकारी दिएका छन् ।
साथै कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र शुसीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको राइले जानकारी दिए ।
त्यस्तै बैठकले निर्वाचन आयोग र अदालतमा मुद्दा मामिला हेर्न प्रकाश अधिकारीलाई तोक्ने निर्णय गरेको छ ।




