बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले केही दिनमा नै विश्वासको मत लिने तयारी गरेका छन् ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले केहीदिनमा सरकारले विश्वासको मत लिने बताए ।प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार बैधानिक ढंगले अघि बढ्ने उनले बताए । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले वातावरण बनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने जानकारी दिए ।




