समाचार

सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्नु हुदैन: डा. डिला संग्रौला

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद संग्रौलाले जनताले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारबाट ठुलो अपेक्षा गरेको बताउदै सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न नहुने बताएकी छन् ।

उनले भनिन्- ‘वी.पी. भन्नु हुन्थ्यो योजना आयोगमा एक गरिव किसानको फोटो राख त्यो सोचेर मात्र योजना लागु गर । तीनै महामानववीपीले नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेको छ । यो नयाँ सरकारलाई खुट्टा नकमाउन र ऐतिहासिक जिम्मेवारी बहन गर्न राष्ट्रिय एकता र मेलमिलापको बाटोमा अगाडी वढ्न जोडदार माग गर्दछु ।’

सांसद संग्रौलाले अहिले प्रतिपक्षले सरकारलाई जनताको जनादेश हैन्, सर्वोच्चको परमादेश हो भनेर दिग्भ्रमित गरिरहेका आरोप लगाउदै संविधानको भावना विपरीत २ पटक प्रतिनिधिसभा विघटनका साथै संविधानको धारा ७६ (५) अनुसार बहुमत प्राप्त गर्दाको परिणाम भएको बताएकी छन् । उनले संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतबाट भएकाले यो सरकार परमादेशबाट हैन्, जनादेशबाट बनेको सरकार भएको स्पष्ट गरेकी छन् ।

संग्रौलाले जनताको जीवनरक्षा एवं जीविकोपार्जनका लागि आवश्यक कार्यक्रम ल्याउन, प्रत्येक नेपालीलाई कोरोना बिरुद्धको खोपको व्यवस्था गर्न, रोजगारी गुमाएलाई व्यवस्थापन गर्न र विदेशबाट आएका नेपालीहरुको पुर्नस्थापना, पुर्नमिलनका साथै रोजगार क्षेत्रलाई व्यवस्थित गर्न, दण्डहिनताको अवस्था अन्त्य गर्न साथै सुशासन र पारदर्शीताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *