काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
मंगलबार दिउसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची राष्ट्रपतिको कार्यालयबाट राज्यमन्त्रीको नियुक्ति सम्बन्धि पत्र पढेर सुनाउने छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत छ ।





