राजनीति

विप्लव र बादलबिच भेट के भयो कुराकानी ?

काठमाडौँ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व गृहमन्त्री राम बहादुर थापा बादलसँग भेट गरेका छन् ।

विप्लव र नेता खड्गबहादुर विश्वकर्मा बादललाई भेट्न शनिवार उनको निवासमा पुगेका थिए ।पछिल्ला केही दिन यता विप्लवले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट तीव्र पारेका छन् ।

दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको भेटमा सहभागी विप्लव समूहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा‘प्रकान्ड’ले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *