समाचार

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघ्यो

बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ४३ हजार १०५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ३१ लाख ६५ हजार ६२२ जना रहेका छन ।

विश्वभर तीन अर्ब ७८ करोड ६३ लाख ३ हजार ६८५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई २४ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *