काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटवार्तालाई तीब्र पारेका छन् । सत्ता समिकरण मिलाउन सक्रिय प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग शनिबार छलफल गरेका छन् ।
शनिबार बिहान देउवालाई भेटेपछि प्रचण्ड नेपालनिवास कोटेश्वर पुगेका थिए । माओवादीको पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीबाट मन्त्री छान्न सकस भइरहेको बताएका थिए । सबै सांसद मन्त्रीको आकांक्षी भएकाले नाम टुंग्याउन समस्या भइरहेको उनले बताए । मन्त्रीलाई अलिकति पनि तलमाथि गर्ने छुट नभएको उनले बताए ।




