राजनीति

सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेबाट कार्यदलको छलफल भइरहेको कार्यदलका सदस्य रमेश लेखकले बताए ।

बैठकले सरकार सञ्चालनको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिने बताइएको छ । कार्यदलले गठबन्धनलाई मजबुत बनाएर लैजाने उद्देश्यका साथ काम गर्नेछ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलको यो पहिलो बैठक हो । बैठकमा काँग्रेसबाट संयोजक खड्का, सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *