समाचार

बिपी सानो देशको ठूलो मान्छे : प्रधानमन्त्री देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला अलराउन्डर भएको बताएका छन् । बिपी कोइरालाको स्मृतिमा आज बिहान कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा देउवाले बिपीको सहित्य देखी राजनीति सम्म ठुलो योगदान भएको भन्दै अलराउन्डरको सज्ञा दिएका छन् । प्रधानमन्त्ती देउवाले बिपी सानो देशको ठूलो मानिस भएको समेत बताए । उनले भने, ‘उहाँ सानो देशको ठूलो मान्छे हो। मैले यही भन्ने गरेको छु, उहाँ अलराउन्डर हो, राजनीतिदेखि साहित्यसम्म उहाँको योगदान छ।’

उनले बिपीका विचार तथा योगदानले कांग्रेसलाई ऊर्जा दिने पनि बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *