काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।
बुधबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन् । प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएको मगलगायत विषयमा छलफल भएको छ ।




