काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ । भर्चुअल रुपमा शुरु भएको बैठकमा नेपाल पक्षले आफ्नो आगामी दिनका रणनितिका विषयमा छलफल गरिरहेको बुझिएको छ ।
विश्वासको मत प्रकरणमा विभाजित भएको नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओली आफ्नै किसिमले अगाडी बढिरहेको अवस्थामा नेपाल पक्षले अब कसरी अगाडी बढ्ने भन्ने विषयमा निर्णय लिने तयारी गरिरहेको नेताहरुले बताएका छन् ।
स्थायी कमिटीको बैठकपछि नेपाल पक्ष आफु पक्षका केन्द्रीय कमिटी सदस्यको बैठक बोलाउने तयारी गरिरहेको छ ।
यसैबीच एमालेको ओली पक्षको केन्द्रीय कमिटीको बैठक आजपनि बस्दै छ । आजको बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई कारवाही गर्नसक्ने बताइएको छ । यसअघि सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले २४ घण्टे स्पष्टिकरण सोधेपनि मंगलबार मात्र २२ सांसदहरुलाई पत्र पठाइएको थियो ।




