काठमाडौं । बुधबार बिहान भारतका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन्। राजस्थानमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको जनाएको हो। लेह–लद्दाखमा ३ दशमलव ६ रहेको जनाइएको छ।




