समाचार

जसपाको संसदीय दलको विधान पारितपछि दलको नेता चयन गर्ने बाटो खुल्यो, आगामी बैठकमा मन्त्रीहरुको नाम टुंगाउने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।
योसँगै जसपाको संसदीय दलको नेता चुन्ने बाटो पनि खुलेको छ । संसदीय दलको विधान बन्न नसक्दा जसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको थिएन ।

जसपाले अब अर्को बैठकबाट संसदीय दलको नेता र सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगाउने भएको छ ।

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको विधान पारित गरेको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षका दुई दर्जन सांसद उपस्थिति रहेको यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ठाकुर पक्षबाट ६ सांसद यादव पक्षमा आएपछि संसदीय दलमा यादव पक्ष बहुमतमा रहेको हो ।
प्रधानमन्त्री देउवालाई दुवै पक्षले विश्वासको मत दिए पनि जसपा विभाजन उन्मुख रहेको छ । हाल बिभाजनको प्रक्रियामा रहेको जसपाको निर्वाचन आयोगले सुनुवाई गरिरहेको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *