समाचार

वामदेव गृहमन्त्री बन्ने हल्ला निराधार : सचिवालय

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ ।

मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले विभिन्न सामाजिक सञ्जाल तथा पत्र-पत्रिकामा गौतमको नाम जोडेर प्रेषित सो विषयको समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

उनले कपोल कल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्नको दुष्प्रचारबाहेक अन्यथा केही नभएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *