राजनीति

ओलीलाई भेट्न बालकोट पुगे विप्लव

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

भक्तपुरको बलकोटस्थित ओली निवासमा भएको भेटवार्तामा सरकारसँग यस अघि भएका सहमति कार्यान्वयन र पछिलो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।

भेटमा नेकपाका नेताहरु विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी रहेका थिए ।

विप्लवले पछिल्लो समय आफ्नो सक्रियता बढाउदै शिर्ष नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *