राजनीति

माधव नेपालसँगको भेटवार्तापछि प्रचण्ड बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार बिहान कोटेश्वरमामा भेटवार्ता गरेसँगै अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् । प्रचण्ड र नेपालबीच झण्डै एक घण्टा भेटवार्ता भएको थियो । उक्त भेटलगत्तै जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि कोटेश्वर पुगेका थिए ।

सरकारका सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेको स्रोतको दाबी छ ।आइतबार विश्वासको मत लिएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा लागेका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री गरी चार सदस्यीय मन्त्रीमण्डल यसअघि नै गठन गरेका थिए । बाँकी मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *