काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले तुलसी रोपेकी छन्। हरिशयनी एकादशीको अवसरमा उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुलसी रोपेकी हुन्।
सामाजिक सञ्जालमा मंगलबार तस्बिर ‘पोस्ट’ गर्दै राणाले लेखेकी छन्, ‘जय तुलसी माता ! आज हरिशयनी एकादशी पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिइयो। हरिशयनी एकादशीको मंगलमय शुभकामना।’
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ।




