काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई अनुशासनको कारबाही गर्ने भएका छन् । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठकमा हिजो संसदमा विश्वासको मत दिने ती सांसदलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको एक नेताले बताएका छन् । ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही लगायतका विषयमा छलफल गर्न बसेका बैठक अहिलेपनि जारी छ ।
आइतबार देउवालाई विश्वासको मत दिनेमा अधिकासं नेता नेपाल निकट नेता हुन् केहि अध्यक्ष वलि निकट सांसद हुन् ।
आइतबार राति प्रतिनिधिसभा बैठकमा २२ सांसदले विश्वासको मत दिएका थिए।
विश्वासको मत दिनेमा सांसदहरु प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्।
त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बम रहेका थिए ।




