काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट किन भन्दै प्रश्न गरेकी छन् । उनले यो सबैभन्दा दुखित घटना भएको बताइन् ।
उनले जबज खोई भन्दै प्रश्न पनि गरेकी छन् । ‘नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाएर हेर्दा फुट विभाजन – विचार ,व्यवस्था भन्दा वढ़ी आफू केन्द्रित पदको लड़ाईमा गुठबन्दीले पार्टीलाई सत्यनाश गरेको देखिन्छ ।महान नेताहरुको र कार्यकर्ताहरुको उज्जल भबिश्य समप्त भएको देखिन्छ । अहिले नेकपा विभाजन पनि त्यस्तै देखिए ।’ लामाले सामाजिक सञ्जालमार्फत् भनिन् ।
अहिले नेकपा एमाले भित्रको पनि गुटबन्दी बडो खतरनाक र कोभिड जस्तै नयाँ प्रकृतिको रहेको उनको भनाई छ । ‘अहिलेको नेकपा एमाले भित्रको पनि गुठबन्दी नै हो । यो बढ्दाे खतरनाक र कोविड जस्तै नयाँ प्रकृतिको छ किनभने आफ़नो पार्टीको सरकार ढ़लाएर अर्कों पार्टीलाई सरकार बनायो । यो भन्दा दुख़त घटना के हुन सक्छ ? बर्बाद भयो । जवज खोही ? हाम्रो युस्ताको राजनीति ? हाम्रो पार्टीको राजनीति पनि पार्टी एमाले भोट अर्कों अर्कों पार्टी हो ?’ लामाले भनिन् ।




