समाचार

देउवालाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो सांसद प्रदीप यादवले जानकारी दिए । बैठकमा १९ जना सांसद उपस्थित रहेको पनि सांसद यादवले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *