समाचार

विश्वासको मत दिदैमा सरकारमा जानुपर्छ भन्ने छैन: रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिदैमा सरकारमा जानुपर्छ भन्ने नभएको टिप्पणी गरेका छन् ।

एमालेको नेपाल पक्षमा देउवालाई विश्वासको मत दिने नदिने पक्षमा मत बाझिएको बेला नेपाल पक्षका नेता पन्तले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-

शेरबहादुर देउवालाई विश्वासको मत दिदैमा सरकारमा जानुपर्छ भन्ने हुंदैन । कार्यदलको सुझाबलाई आधार बनाएर एकता मजाले गर्न सकिन्छ चाहेमा ।

माधव नेपालको पुत्ला जलाउने, उनको विरूध्द मनपरी नारा लाउने र उनलाई पार्टीमा ठाउं छैन भन्दै अध्यक्ष आफैले भाषण गर्दै परिस्थिति बिगारेको यथार्थलाई पनि मनन गरौं । सबै जिम्मेवार बनौं । पार्टी एकताको प्रयासलाई सफल पार्न आआफ्नो ठाउंमा सबैले भूमिका खेलौं । हुनुपर्नेहरूलाई चेतना भया ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *