समाचार

जसपा यादव पक्षको संसदीय दलको बैठकमा १८ सांसद सहभागी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षमा प्रतिनिधि सभाका १८ सांसद भएका छन् ।

अहिले जारी संसदीय दलको बैठकमा थप एक सांसद रेणुका गुरुङ पनि सहभागी भएपछि जसपाको यादव पक्षमा १८ संसद भएका हुन् । यस अघि शनिबारको बैठकमा महन्थ ठाकुर पक्षमा लागेका ५ सांसद यादव पक्षमा आएका थिए ।

अहिले जारी बैठकमा प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका २ सांसद सहभागी रहेको जसपा नेता मोहम्मद इश्तियाक राईले जानकारी दिएका छन् ।

ठाकुर पक्षबाट गुरुङसहित प्रमोद शाह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाज मिकरानी र नरमाया ढकाल यादव पक्षमा आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *