काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् ।
संविधानको धारा ७६ (५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको उपाध्यक्ष गौतमको भनाई छ ।
उनले भने, ‘धारा ७६ (५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गल्ती हुन्छ ।’




