समाचार

गगन थापा देउवालाई विश्वासको मत दिन हेलिकप्टरबाट काठमाडौं फर्किए

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि हेलिप्टरबाट काठमाडौं आएका छन् । पोखरामा रहेका थापा सडकबाट काठमाडौं आउँदै थिए ।

तर, पृथ्वी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि हेलि एभरेष्ट बोलाएर थापा काठमाडौं आएका हुन् । सडक खुलेर काठमाडौं आउँदा संसदको कारवाही नभेटिने भएकाले उनी हेलिकप्टरबाट आएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *