समाचार

भारतमा ७ महिनामा ४० करोड ४९ लाख भन्दा बढीले काेराेना विरुद्धको खोप लगाए, एकैदिनमा ४१ हजार १५७ नयाँ सङ्क्रमित थपिए

  भारत । भारतमा ७ महिनामा ४० करोड ४९ लाख भन्दा बढीले काेराेना भाइरस विरुद्धको खोप लगाएका छन् । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु भएको हाे । सो समयदेखि अहिलेसम्म ४० करोड ४९ लाख ३१ हजार ७१५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।   यसैबीच भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार १५७ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख भन्दा बढी पुगेको छ ।    
    
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २२ हजार ६६० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५१८ जनाको मृत्यु भएको पनि मन्त्रालयले आइतबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १३ हजार ६०९ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।    
    
गत २४ घण्टामा ४२ हजार ४ जना कोरोना मुक्त भएपछि भारतमा तीन करोड २६ लाख ९ हजार ७९६ व्यक्ति कोरोना मुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ३९ लाख ५८ हजार ६६३ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ३६ हजार ७०९ जनाको स्वाब परीक्षण जुलाई १७ का दिन भएको छ ।    

रासस
    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *