समाचार

जसपाको विवादमा निर्वाचन आयोगमा सुनुवाई शुरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवाद बारे निर्वाचन आयोगमा सुनुवाई शुरु भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा रहेको इजलासमा आइतबार बिहान सुनुवाई शुरु भएको हो ।

जसपामा ठाकुर र यादव पक्षबीच विवाद हुदा यस अघि दुवै पक्ष एक हुन अस्विकार गरेकाले आयोगले कानुनी व्यवस्था अनुसार सुनुवाई शुरु गरेको हो ।

बहस सकिएपछि आयोगले जसपाको आधिकारिकता विवाद टुंगाउने भएको छ । आयोगले बहस पछि एक पक्षलाई पार्टीको आधिकारिकता र अर्को पक्षलाई दल दर्ता गर्ने समय दिने व्यवस्था रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *