काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको स्थायी कमिटी बैठकमा अनुपस्थित छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा उनी गएका छैनन् ।
गौतम यसअघि च्यासलमा बसेको स्थायी कमिटी बैठक र नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा समेत गएनन् । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरु पनि सहभागी छैनन् ।




