राजनीति

आज विश्वासको मत नलिऔं : एमाले

काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम नराख्न आग्रह गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसिरहेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले सो आग्रह गरेको हो । त्यो कार्यक्रम अर्को दिन तोक्न आग्रह गरेको बैठक सहभागि एक एमाले नेताले जानकारी दिए ।

आज देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भैसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *