काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशनको तयारी चलिरहेका बेला पार्टीको संस्थापक कोइराला परिवार छलफलमा जुटेको छ ।
१४औं महाधिवेशनमा कोइराला परिवारबाट नेतृत्वमा दावी गर्दै महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला छलफलमा बसेका हुन् । हाल शशांकनिवास महाराजगन्जमा कोइराला परिवारका सदस्यहरु लञ्च मिटिङमा छन् ।
नेतृत्वमा कोइराला परिवारभित्रै दुई उम्मेदवार देखिएका छन् । शशांक र शेखर सभापति उठ्न खोजिरहेका छन्।




